शनिबार, मंसिर १८, २०७८ | Saturday 4th December 2021
  • होमपेज
  • दुनियाकै सबैभन्दा बढी उमेरसम्म बाँचेको सुगाले मनायो आफ्नो ७० औँ जन्मदिन
विचित्र संसार

दुनियाकै सबैभन्दा बढी उमेरसम्म बाँचेको सुगाले मनायो आफ्नो ७० औँ जन्मदिन

काठमाडौँ । अमेरिकाको जर्सीस्थित सेन्ट हेलियर नगरमा रहेको रुज बुइया स्कुलको एउटा सुगाले आफ्नो ७० औँ जन्मदिन धुमधामका साथ मनाएको छ । सामान्यतया एउटा सुगा बढीमा ५० वर्षसम्म बाँच्ने भएता पनि यो सुगा अपवादका रुपमा ७० वर्षसम्म बाँचेका कारण अहिले मिडियामा भाइरल बनिरहेको छ । सिम नामक यो सुगा सन् १९८८ देखि ऊ रुज बुइया स्कुलको घरपालुवा पन्छीका रुपमा रहिआएको छ। जीवनमा धेरै उतारचढाव भोगेको यो सुगाले स्कुलका बिद्यार्थीहरु सँगै खाने बस्ने गर्दै आइरहेको अमेरिकाका समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

सिमको ७० औँ जन्मदिवसमा केटाकेटीले उसको पिँजडालाई असाध्यै राम्रो बनाएर सिँगार्दै केक काटेर खुवाएको तस्विर र भिडियो पनि मिडिया र सामाजिक संजालमा भाइरल बनिरहेका छन् । सन् १९९१ मा स्कुलको छानोमा आगो लाग्दा डढेर घाइते भएको सुगाले थुप्रै पुस्ताका बिद्यार्थीसँग बिताएको स्कुलकी उपप्रधानाध्यापक जेस डोयल बताउँछिन् । जुन सुगालाई दुनियाकै सबैभन्दा बढी समयसम्म बाँचेको सुगाका नामले पनि चिनिन्छ ।

चर्चामा

सम्बन्धित समाचार