शनिबार, माघ ८, २०७८ | Saturday 22nd January 2022
  • होमपेज
  • त्रिशूलीमा नुहाउने क्रममा बगेर २१ वर्षीय लामा बेपत्ता
समाज

त्रिशूलीमा नुहाउने क्रममा बगेर २१ वर्षीय लामा बेपत्ता

चितवन । इच्छाकामना गाउँपालिका–४ धारापानीस्थित त्रिशूली नदीमा आज दिउँसो नुहाउने क्रममा नदीले गाएर एक जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बेपत्ता हुनेमा विरगञ्ज महानगरपालिका–३२ का अन्दाजी २१ वर्षीय विजय लामा रहेका छन् । धारापानी क्षेत्रमा ज्यालामजदूरी गरी बस्दै आएका लामा नुहाउने क्रममा दिउँसो तीन बजे बेपत्ता भएका हुन् । उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार