शनिबार, मंसिर १८, २०७८ | Saturday 4th December 2021
  • होमपेज
  • स्तन क्यान्सरको लक्षण पाँच वर्ष अघी नै थाहा हुने
स्वास्थ्य

स्तन क्यान्सरको लक्षण पाँच वर्ष अघी नै थाहा हुने

काठमाडौं । बेलायतमा गरिएको एक अनुसन्धान अनुसार शरीरमा स्तन क्यान्सर हुनुभन्दा पाँच वर्ष पहिले नै यसको पहिचान गर्न सकिने छ । यसबाट विशेष गरी स्तन क्यान्सरबाट पीडित हुने महिलाहरुलाई राहत मिल्ने खबर आज शुक्रबार प्रकाशित हुने साप्ताहिकले छापेको छ ।

अनुसन्धानकर्ताहरुले स्तन क्यान्सरको उपचार गराइरहेका ९० जना र पूरै स्वस्थ ९० जना महिलाको रगतको नमूना संकलन गरेको थियो।त्यसैगरी उनीहरुले अब ८ सय बिरामीको नमूनासमेत ल्याएर पहिले गरिएको परीक्षणलाई प्रमाणित गर्ते तयारी गरिरहेका छन् ।

नटिंघम विश्वविद्यालयका विद्यार्थीले यसबाट विशेष गरी विकासोन्मुख तथा गरिब देशका महिलालाई फाइदा हुने बताएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष करिब २१ लाख महिला स्तन क्यान्सरको सिकार हुन्छन् । गत वर्ष स्तन क्यान्सरको कारण विश्वभर ६ लाख २७ हजार महिलाको मृत्यु भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार