मङ्लबार, मंसिर २१, २०७८ | Tuesday 7th December 2021
  • होमपेज
  • भिरको फोहोर फालिएको जग्गा यसरी भयो मालामाल, दैनिक १ लाख सम्मको आम्दानी
समाज

भिरको फोहोर फालिएको जग्गा यसरी भयो मालामाल, दैनिक १ लाख सम्मको आम्दानी

कुस्मा नगरपालिका–५ कुस्मा बजारको छेउमा रहेको बौद्ध गुम्बा नजिकैको डिलमा पछिल्लो समय हरेक दिन मान्छेको बाक्लै आउजाउ हुन । प्रायः सुनसान रहने र बाँदरहरू देखिने भीरमा मान्छेको बाक्लो उपस्थितिले कुस्मा बजारको रौनक नै बदलिँदै गएको छ ।

फेदीमा सुसाउँदै बगिरहेको कालीगण्डकीमाथिको भीरमा काला चट्टान (स्थानीयले दाह्रे ढुङ्गा भन्ने गरेका) रहेको ठाउँमा साँझको बेला एक्लै जान पनि डर लाग्थ्यो। त्यही ठाउँमा अहिले पर्वतका त भइनै हाले त्यसबाहेक बाग्लुङ, म्याग्दी, कास्की, चितवन, धादिङलगायत जिल्लाका मानिसहरू पनि ओहोरदोहोर गरेका भेटिन्छन् । कारण हो, त्यही डरलाग्दो भीरको माथि डिलैमा रहेको ‘६२३ बी सी रक गार्डेन एन्ड रेस्टुरेन्ट’।

यो गार्डेनको नाम बुद्ध जन्मेको समयलाई राखेर बनाइएको छ । बुद्ध नेपालमा जन्मिएका हुन् र नेपाल शान्तिका प्रतीक बुद्धको देश हो भन्ने चिनाउन गार्डेन र रेस्टुरेन्टमा बुद्ध जन्मिएको मिति समेटिएको सञ्चालक बताउँछन् । यो गार्डेन पर्वतकै कुस्मा नगरपालिका–५ का वडा सदस्य तथा स्थानीय एकता युवा क्लबका अध्यक्ष नरेन्द्रबहादुर खत्रीले सञ्चालनमा ल्याएका हुन् । गार्डेन निर्माणको लागि अहिलेसम्म ५० लाखभन्दा बढी खर्च भइसकेको र अझै पनि केही भौतिक संरचनाहरू निर्माणको काम चलिरहेको खत्रीले बताए । यस्ता छन् आकर्षण ‘रक गार्डेन’को सबैभन्दा बढी आकर्षण भीरमा खेलिने पिङमा छ ।

भीरको माथि फलामका खम्बा हालेर पिङ बनाइएको छ । जमिन छोड्न साथ कालीगण्डकीमाथि रहेको भीरमा पुगिन्छ । पिङ खेल्दा भीरमाथि पुगिने भएकाले खेल्नेहरूलाई ‘सेफ्टी रोप’ ले बाँधेर मात्र खेलाइन्छ । सञ्चालक खत्रीका अनुसार यो पिङ महिलाहरूको मात्र निर्माण गरिएको भए पनि पुरुषहरू पनि खेल्ने गरेका छन् । गार्डेन र रेष्टुरेन्टको बीचमा कालीगण्डकी नदीमा मात्र देख्न पाइने काला चट्टानहरु छन् ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै