शनिबार, मंसिर १८, २०७८ | Saturday 4th December 2021
  • होमपेज
  • बस र टेम्पो ठोक्किँदा भारतमा सातको मृत्यु, बाह्र घाइते
राष्ट्र

बस र टेम्पो ठोक्किँदा भारतमा सातको मृत्यु, बाह्र घाइते

सिकार, २८ कात्तिकः भारतको राजस्थान राज्यमा बुधबार राती भएको दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ ।

यात्रुबाहक बस र टेम्पो एकआपसमा ठोक्किँदा भएको सो दुर्घटनामा परी अरु बाह्र घाइते भएका छन् । राजस्थान राज्य अन्तर्गत पर्ने खातुश्याम्जी भन्ने ठाउँमा दुर्घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

“घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ,” स्थानीय प्रहरी प्रमुख दिनेश कुमारले संचारकर्मीहरुसँग भन्नुभयो । –एएनआई

चर्चामा

सम्बन्धित समाचार

भर्खरै