मङ्लबार, मंसिर २१, २०७८ | Tuesday 7th December 2021
  • होमपेज
  • साढे २ महिनापछि ओली-नेपाल बिचको चार घण्टा छलफल, आखिर के भयो कुराकानी
Breaking News

साढे २ महिनापछि ओली-नेपाल बिचको चार घण्टा छलफल, आखिर के भयो कुराकानी

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच झण्डै तीन महिनापछि संवाद भएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच करिब चार घण्टा छलफल भयो । प्रधानमन्त्री ओलीले बोलाएपछि नेपाल उनलाई भेट्न विहान ११ बजे बालुवाटार छिरेका थिए। उनी दिउँसो ३ बजेमात्रै त्यहाँबाट निस्किएको बालुवाटार स्रोतले जनाएको छ ।

भेटमा उनीहरुबीच पछिल्लो समय आफूहरुका बीचमा बढेको तिक्तता र उक्त तीतोपन हटाउने विषयमा छलफल भएको थियो । प्रधानमन्त्री ओलीले पार्टीमा देखिएको समस्या समाधान गर्दै, एकीकरणको सबै काम सक्नुपर्ने बताएका नेपालको भनाई उद्धृत गर्दै नेपाल निकट एक नेताले बताए । ‘तपाईंलाई के के विषयमा चित्त बुझेको छैन छलफल गर्दै जाउँला, पार्टीमा तपाईंप्रति अलिकति अन्याय भयो कि भन्ने मलाई अनुभूति भएको छ’ ओलीले नेपालसँग भने।कान्तिपुरमा खबर छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै