मङ्लबार, मंसिर १४, २०७८ | Tuesday 30th November 2021
  • होमपेज
  • कृष्ण कंडेलको गर्जन, मोदिलाई चिनेर खै के गर्यौ भन्दै ऋषि धमलालाई थर्काए
Breaking News

कृष्ण कंडेलको गर्जन, मोदिलाई चिनेर खै के गर्यौ भन्दै ऋषि धमलालाई थर्काए

सन् २०१५ को १५ मईमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तीन दिने भ्रमणको निम्ति चीन पुगेका थिए । प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणको बेलामा ‘लिपु लेकबाट भारत र चीनबीच व्यापारिक मार्ग खोल्ने’ बारे सहमति भएको थियो । चीन र भारतबीच भएको यो सहमतिलाई मोदी भ्रमणको बेला बेइजिङमा जारी गरिएको संयुक्त विज्ञप्तिमार्फत सार्वजनिक गरिएको थियो ।

यसले नेपाल र चीनबीचको सम्बन्धमा धमिलोपन लेराइदियो । ‘लिपुलेक पास सन् १९५४ देखि चीन र भारतको बीचमा व्यापारिक तथा धार्मिक मार्गको रुपमा प्रयोग हुँदै आइरहेको’ भए पनि लिपुलेक नेपाल र भारतबीच विवादित ठाउँ थियो । ‘दार्चुला जिल्लाको पश्चिमोत्तर क्षेत्रमा अवस्थित लिपु भञ्ज्याङ प्राचीनकालदेखि नै नेपाल—तिब्बतबीचको प्रमुख व्यापारिक नाकाका रुपमा रहँदै आएको छ ।

’ लिपुलेक नेपालीभूमि भएको कुरा नेपालले ऐतिहासिक तत्थहरूबाट पुष्टी गर्दै आइरहेको हुँदा चीनले यसप्रति सचेत रहनु पर्दथ्यो । लिपुलेक मात्र हैन त्यस्तै कालापानी पनि भारतले अब उसको नयाँ नक्शामा पारिसकेको छ । यसबाट के स्पष्ट हुन्छ भने चीन यो मामलामा भारतसित कठोर हुन चाहँदैन र यसको मतलब के हो भने अब हाम्रो भूमी हामी नेपालीले नै सुरक्षा गर्नु पर्छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै