आइतवार, मंसिर १२, २०७८ | Sunday 28th November 2021
  • होमपेज
  • कर्णाली प्रदेश प्रमुखलाई पञ्चेबाजा सहित गृहनगरमा स्वागत
राजनीति

कर्णाली प्रदेश प्रमुखलाई पञ्चेबाजा सहित गृहनगरमा स्वागत

कञ्चनपुर । कर्णाली प्रदेशका सरकार प्रमुख गोविन्दप्रसाद कलौनीलाई उहाँको गृहनगर कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बंकमा आज पञ्चेबाजासहित स्वागत गरिएको छ । पञ्चेबाजा, फूलमालासहित सरकार प्रमुख कलौनीलाई उदय सरस्वती बहुमुखी क्याम्पसका विद्यार्थी, शिक्षक तथा अभिभावकहरुले स्वागत गरेका हुन् ।

कार्यक्रममा सरकार प्रमुख कलौनीलाई क्याम्पस व्यवस्थापन समितिका उपाध्यक्ष लोकराज पन्तले सम्मानपत्र प्रदानसमेत गर्नुभयो । सम्मान कार्यक्रममा सरकार प्रमुख कलौनीले संविधानको कार्यान्वयन र रक्षाका लागि भूमिका खेल्ने बताउनुभयो । कार्यक्रममा सुदूरपश्चिम प्रदेश सदस्य महेशदत्त जोशी, क्याम्पस व्यवस्थापन समितिका पदाधिकारी, क्याम्पसका शिक्षक, विद्यार्थी र राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार