बुधबार, मंसिर २२, २०७८ | Wednesday 8th December 2021
  • होमपेज
  • जुम्ल्याहा दाजुभाइसंग आलियाले खिचेका तस्विर बन्यो भाइरल
विचित्र संसार

जुम्ल्याहा दाजुभाइसंग आलियाले खिचेका तस्विर बन्यो भाइरल

एजेन्सी । बलिउडकी चर्चित नायिका हुन् आलिया भट्ट । बेलाबोमा चर्चामा आउने आलिया यतिबेला पनि पुन चर्चामा आएकी छिन् । कहिले उनले लगाएको ड्रेसका कारण चर्चामा हुन्छिन त कहिले प्रेमका कारण चर्चामा आउने गर्दछिन् । बलिउडमा पछिल्लो समय आलिया भट्टले आफूलाई नम्बर वान नायिकाका रुपमा उभ्याएकी छिन् ।

केही समयअघि रिलिज भएको फिल्म ‘कलंक’ ले बक्स अफिसमा खासै सोचे जस्तो व्यापार पर्नै सकेन । उहि फिल्म ‘कलंक’ मा भने आलियाको चौतर्फि चर्चा चलियो । उनि बलिउडकी नम्बर वन नायिका भनेर चिनिन्छिन् । आलियालाई इनस्टाग्रममा फलो गर्ने उनका लाखौ प्यानहरु रहेका छन् । उनि पछिल्लो समय बलिउडका चर्चित नायक रणवीर कपूरसँग प्रेम सम्बन्धमा रहेकी छिन् । उनिहरु आफ्नो प्रेम सम्बन्धको बारेमा खुलेर बोलेका छन् ।

केहि समय उनि प्रेमी रणवीर कपूर र दिदी सहिन भट्टसँग घुमफिरमा मस्त रहेकी थिइन् । हालै भने उनि घुमफिर सकेर भारत फर्केकी छन्। उनले भारत फर्कदा फ्यानहरु संग फोटो खिचाएकी छन् । उक्त तस्विरमा उनि निकै फरक अबतारमा देखा परेकी छिन् । उक्त तस्विर आलियाले सामाजिक संजाल पोस्ट गरेकी छिन् । उनले बाटोमा जुम्ल्याहा युवकहरुसंग खिचेका तस्विर भाइरल भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार