बुधबार, मंसिर २२, २०७८ | Wednesday 8th December 2021
  • होमपेज
  • आज पनि फेरि बढ्यो सुनको भाउ
अर्थ/वाणिज्य

आज पनि फेरि बढ्यो सुनको भाउ

काठमाडौं । साताको तेस्रो दिन बुधबार नेपाली बजारमा सुनको भाउ झन् बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुनको मूःल्य तोलामा २ सय रुपैयाँ बढेको छ । हिजो मंगलबार स्थिर रहेको सुनमा आज प्रतितोला २ सय रुपैयाँ बढेको हो । आज छापावाल सुन प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

मंगलबार सुन ७१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज तेजावी सुनको भाउ पनि बढेको छ। आज तेजावी सुन प्रतितोला ७१ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । हिजो तेजावी सुन पतितोला ७० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । आज सुनको भाउसँगै चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार