शनिबार, मंसिर १८, २०७८ | Saturday 4th December 2021
  • होमपेज
  • अटो चालक पेस्तोलसहित समातिए
समाचार

अटो चालक पेस्तोलसहित समातिए

राँझा, २७ कात्तिकः अटो रिक्सामा नालकटुवा पेस्तोल राखेर घुमिरहेका एक चालकलाई प्रहरीले आज नेपालगञ्जबाट पक्राउ गरेको छ । डुडुवा गाउँपालिका–४ उचेम साहका मेराजअलि सैयदलाई आज बिहान पेस्तोलसहित पक्राउ गरिएको बाँके जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज बिहान नेपालगञ्ज उपमहानगरपालिका–४ गणेशपुर चोकबाट भे १ स ८३२६ नम्बरको अटोरिक्साको डिग्गीमा कालो प्लास्टिकको झोलामा लुकाइ राखिएको पेस्तोल बरामद भएको थियो । बरामद भएको पेस्तोल, अटो र त्यसका चालक सैयदलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको उहाँले बताउनुभयो ।

यसअघि यही कात्तिक १४ गते जानकी गाउँपालिका–६ गनापुरस्थित नमस्ते भिलेज रेष्टुराँबाट तरुणदलका जिल्ला सभापति सन्दीपजङ्ग शाहलाई पनि उहाँको कारमा राखिएको अमेरिकन पेस्तोलसहित कोहलपुर इलाका प्रहरी कार्यालयले नियन्त्रणामा लिएको थियो । (रासस)

चर्चामा

सम्बन्धित समाचार