मङ्लबार, मंसिर २१, २०७८ | Tuesday 7th December 2021
  • होमपेज
  • बुधबारको दिन यी काम गर्नुहोस् , मिल्नेछ सुख शान्ति र फलिफाप
विचित्र संसार

बुधबारको दिन यी काम गर्नुहोस् , मिल्नेछ सुख शान्ति र फलिफाप

काठमाडौँ । हिन्दुधर्मअनुसार बुध ग्रहलाई विष्णुको अवतार मानिन्छ । बुधको दिशा उत्तर हो भने उत्तर दिशामा कुबेरको स्थान रहेको हुन्छ ।यदि तपाईको घरमा आम्दानीभन्दा बढी खर्च भएको छ भने बुध ग्रहलाई पुजा गर्नुहोस् । बुधबार विष्णु भगवानको पुजा आरधना गर्नाले विद्या, धन तथा व्यापारिक उन्नतिको साथै बुढेसकाबाट टाढा रहन सकिन्छ । बुधलाई महत्वपूर्ण तथ्यहरु वाणीको कारक, बुद्धिको कारक, त्वचाको कारक, मस्तिष्कको तंत्रिका तन्त्रको कारक को रुपमा मानिन्छ ।

बुधबारको दिन हरियाली घाँसपात खोजेर वस्तुभाउलाई खुवाउने । हरियो चना भिजाएर बुधबारको दिन चराचुरुङ्गीलाई खुवाउने । बुध ग्रहको अशुभफललाई शुभमा परिवर्तन गर्न गणेशको पुजा गर्ने । नौ वर्ष भन्दा कम उमेरका कन्याका खुट्टा धोएर उनीहरुबाट आर्शिबाद लिने । बुध ग्रहलाई प्रसन्न बनाउनको लागि भगवतीको पुजा गर्ने ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै