बुधबार, मंसिर २२, २०७८ | Wednesday 8th December 2021
  • होमपेज
  • तीन लाख ६० हजार नगदसहित १० जुवाडे पक्राउ
समाचार

तीन लाख ६० हजार नगदसहित १० जुवाडे पक्राउ

काठमाडौँ, २७ कात्तिकः नेपाल प्रहरीले नागार्जुनबाट रु तीन लाख ६० हजार नगदसहित १० जुवाडे पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले नागार्जुन नगरपालिका–३ इचङ्गुनारायणमा कौडा खेलिरहेको अवस्थामा मङ्गलबार राति उनीहरुलाई पक्राउ गरेको हो ।

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले ठूलो रकम हारजित हुने गरी कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेकासँग प्रहरीले तीन लाख ६० हजार नगद र १६ थान कौडा बरामद गरेको वृत्तले जनाएको छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै