शनिबार, मंसिर १८, २०७८ | Saturday 4th December 2021
  • होमपेज
  • बङ्लादेशमा रेल दुर्घ’टना १५ जनाको मृ’त्यु ५८ भन्दा बढी घा’इते
राष्ट्र

बङ्लादेशमा रेल दुर्घ’टना १५ जनाको मृ’त्यु ५८ भन्दा बढी घा’इते

ढाकाः बङ्लादेशमा दुई ओटा रेल एक आपसमा जुध्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अरु ५८ जना घाइते भएका छन् । देशको पूर्वीक्षेत्रका मङ्गलबार विहान घटना भएको प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

“दुर्घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ, अरु ५८ भन्दा बढी घाइते भएका छन्,” स्थानीय प्रहरी प्रमुख अनिसुर रहमदलेसँग भन्नुभयो । उहाँले घाइतेहरुलाई उपचारका लागि फरक फरक अस्पतालमा लगिएको एएफपीलाई जानकारी दिनुभयो ।

घटनास्थललाई नियन्त्रणमा लिएर प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरिसकेको रेलमार्ग अधिकरीले जानकारी दिएका छन् । “अहिलेसम्म उद्धार तथा उपचारमा केन्द्रीत भएका छौँ,” अनुसन्धानको प्रक्रिया पनि सुरु भइसकेको छ, ती अधिकारीले भने । बङ्लादेशमा रेल दुर्घटना बेला बेलामा भइरहने गरेको छ भने वर्षेनी कैयौँको दुर्घटना हुनेगरेको छ । –एएफपी

चर्चामा

सम्बन्धित समाचार

भर्खरै