बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • उपनिर्वाचन २०७६ : निष्पक्ष र धाँधलीरहित
राजनीति

उपनिर्वाचन २०७६ : निष्पक्ष र धाँधलीरहित

खाँदबारी, २४ कात्तिक: निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी मङ्सिर १४ मा हुने उपनिर्वाचन निष्पक्ष र धाँधलीरहित हुने बताउनुभएको छ । खाँदबारीमा जिल्ला निर्वाचन कार्यालयले आज आयोजना गरेको विवाद निरुपणसम्बन्धी कार्यक्रममा थपलियाले विवादरहित र उपनिर्वाचन नमूनाको बनाउने दाबी गर्नुभयो । यसका लागि सबै तयारी सकिएको थपलियाको भनाइ छ ।

प्रमुख आयुक्त थपलियाले प्रचारप्रसारको अवधि योपटक घटाएको बताउँदै उहाँले प्रचार अवधि लम्बिँदा उम्मेदवार र निर्वाचन आयोगको खर्च बढ्ने भएकाले थोरै अवधिमा निर्वाचन गर्न लागेको बताउनुभयो । मकालु गाउँपालिकाका लागि अध्यक्ष र खाँदबारी नगरपालिका–३ का वडाध्यक्षका लागि मङ्सिर १४ मा उपनिर्वाचन हुँदैछ । (रासस)

चर्चामा

सम्बन्धित समाचार