बुधबार, मंसिर १५, २०७८ | Wednesday 1st December 2021
  • होमपेज
  • महिला हिंसा अन्त्य गर्न सोचमा परिवर्तन जरुरीः मुख्यमन्त्री भट्ट
समाचार

महिला हिंसा अन्त्य गर्न सोचमा परिवर्तन जरुरीः मुख्यमन्त्री भट्ट

कैलाली, २४ कात्तिकः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले महिला हिंसा अन्त्यका लागि सोचमा परिवर्तन हुन जरुरी रहेको बताउनुभएको छ । लैङ्गिक हिंसा विरुद्वको वर्ष अभियानअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आज धनगढीमा आयोजना गरेको ‘लैङ्गिक हिंसा अन्त्यका लागि सरोकारवाला निकायको जिम्मेवारी भूमिका र प्र्रतिबद्धता’ विषयक प्रदेशस्तरीय अन्तक्र्रियामा मुख्यमन्त्री भट्टले व्यक्तिको सोच र व्यवहारमा परिवर्तन नआएसम्म महिला हिंसा अन्त्य नहुने उल्लेख गर्नुभयो ।

“मानसिकरुपमा परिवर्तन ल्याउन नसकेसम्म यस्ता कार्यक्रमको औचित्य हुँदैन्”, उहाँले भन्नुभयो । समाज रुपान्तरणका लागि तीन तहका सरकारका साझा एजेन्डा हुनु आवश्यक रहेको मुख्यमन्त्री भट्टको भनाइ थियो । नीतिगत रुपमा कार्यक्रम बनाएर अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै