सोमवार, मंसिर १३, २०७८ | Monday 29th November 2021
  • होमपेज
  • भालुको आक्रमणबाट एक वृद्ध गम्भीर घाइते
स्वास्थ्य

भालुको आक्रमणबाट एक वृद्ध गम्भीर घाइते

भीमेश्वर, १८ कात्तिकः दोलखा जिल्लाको जिरी नगरपालिका–१ को च्यबुकेमा आज बिहान ६ बजे एक वृद्धलाई भालुले आक्रमण गरी गम्भीर घाइते बनाएको छ । घाइते बोल्न नसक्ने अवस्थामा भेटिएकाले काठमाडाँै सिफारिश गरिएको छ । जिरी नगरपालिका–१ बस्ने पदमबहादुर खड्कालाई हलोजुवा लिन बारीमा गएको बेला भालुले आक्रमण गरेको हो ।

भालुको आक्रमणमा परी निजको घाँटी, टाउको, निधार र मुखमा गम्भीर चोट लागेकाले थप उपचारका लागि जिरी अस्पतालबाट काठमाडौँ रिफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रेशम बोहोराले जानकारी दिनुभयो । उक्त स्थान सदरमुकामबाट ८० किलोमिटर पूर्वमा पर्दछ । (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै