मङ्लबार, मंसिर २१, २०७८ | Tuesday 7th December 2021
  • होमपेज
  • फिल्म ‘जिरो फ्लप भएपछि निर्देशक आनन्दको अनुहार समेत हेर्न चाहदैनन् शाहरूख खान
मनोरञ्जन

फिल्म ‘जिरो फ्लप भएपछि निर्देशक आनन्दको अनुहार समेत हेर्न चाहदैनन् शाहरूख खान

एजेन्सी । गत वर्ष शाहरुख खान अभिनित फिल्म ‘जिरो’ असफल भयो । सिनेमामा शाहरुख कम कदको पात्रमा अभिनय गरेका थिए भने फिल्ममा कटिुना र अनुष्का शर्माको अभिनय थियो । यसका अलावा ‘राँझणाु, ‘तनु वेड्स मनुु जस्ता सिनेमा निर्देशक आनन्द एल राय सिनेमा निर्देशक थिए ।

चर्चाका कारण यिनै थिए।’जिरो’ पर्दामा न शाहरुखको सिनेमा जस्तो देखियो न आनन्दले निर्देशन गर्दै आएका सिनेमा जस्तो । सबै तिरबाट असफल हुन गयो जिरो । फिल्म असफल भएपछि अहिले शाहरुख र निर्देशक आनन्दबीच दुश्मनी सुरू भएको र बोलचाल नै बन्द भउको बताइएको छ । यध्यपी यस खबरमा कुनै सत्यता नरहेको खबर पनि सार्वजनिक भएको छ ।

सिनेमा असफल हुनु दोष शाहरूखले निर्देशक रायलाई दिएका छन् । यतिबेला शाहरुख खान बेइजिङ इन्टरनेश्नल फिल्म फेसटिवलमा ‘जिरोुको प्रचार गरिरहेका छन् । सोही प्रचारका क्रममा शाहरुखले दुर्भाग्यवशः ‘जिरो’ नचलेको स्वीकार्दै सायद आफूले गलत सिनेमा बनाएको हुनुपर्ने वा कथा भनेको शैलीमा गल्ती देखिएको बताएका छन् ।

शाहरखले दुर्भाग्यवशः ‘जिरो’ नचलेको स्वीकार्दै ‘सायद आफूले गलत सिनेमा बनाएको हुनुपर्ने वा कथा भनेको शैलीमा गल्ती देखिएको बताएका छन्। ‘जिरो’ २ सय करोड भारूको लागतमा बनाइएको सिनेमा थियो। सिनेमाले भारतमा सय करोडको आँकडा पार गर्न सकेनन भने विश्वव्यापी रूपमा उसको कमाइ १८६ करोडमा रोकियो।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै