बुधबार, मंसिर १५, २०७८ | Wednesday 1st December 2021
  • होमपेज
  • अपडेटः सुकुटे बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो
समाज

अपडेटः सुकुटे बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो

मेलम्ची, १७ कात्तिकः अरनिको राजमार्गअन्तर्गत सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको वा२ख ७२४५ नंको यात्रुवाहक बस सुनकोशी नदीमा खसेको हो । दश जनाको भने घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा जुटिरहेको स्थानीयवासी ढकप्रसाद तिमिल्सनाले जानकारी दिनुभयो । उहाँका अनुसार केही शव खोलाले बगाएको छ । दुर्घटनाग्रस्त बस सुनकोशी खोलामा डुबेको छ । बसमा ४० भन्दा बढी सवार थिए ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार दुर्घटना ठूलो भएकाले क्षति बढ्न सक्नेछ । उहाँले अहिले उद्धार जारी रहेको जानकारी दिनुभयो । घाइतेलाई सिन्धु सहाबहार अस्पताल तथा गम्भीर घाइतेलाई काठमाडौँ लगिएको सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक भूपाल खत्रीले जानकारी दिनुभयो । घटनाको विस्तृत विवरण आउन बाँकी छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै