बुधबार, मंसिर २२, २०७८ | Wednesday 8th December 2021
  • होमपेज
  • जाजरकोटमा रुखबाट लडेर ४२ वर्षीय खत्रीको गयो ज्यान
समाचार

जाजरकोटमा रुखबाट लडेर ४२ वर्षीय खत्रीको गयो ज्यान

जाजरकोट, १७ कात्तिकः नलगाड नगररपालिका–७ दल्लीका ४२ वर्षीय खम्ब खत्रीको रुखबाट लडेर मृत्यु भएको छ । शनिबार दल्ली प्रहरी चौकी अगाडि रुखमा घाँस काट्दै गर्दा लडेर गम्भीर घाइते भएका खत्रीको उपचारका लागि जाजरकोट सदरमुकाम ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

दल्लीस्थित स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि सदरमुकाम ल्याइएको थियो । गएराति नै उनको उपचार हुन नपाउँदै मृत्यु भएको हो । (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै