बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • घाटमा भक्तालु र श्रद्धालुहरुको भीड
समाज

घाटमा भक्तालु र श्रद्धालुहरुको भीड

विराटनगर, १६ कात्तिकः प्रदेश नं १ को राजधानी विराटनगर महानगरपालिका क्षेत्रमा छठपर्वका निम्ति तयार गरिएको सजिसजाउ घाटमा भक्तालुहरुको भीड लागेका छन् । भक्तालुहरु छठीमाताको पूजाका निम्ति विराटनगरमा परापूर्वकालदेखि नै सिङ्घिया नदी र पिछडास्थितको नहरमा हजाराँै सङ्ख्यामा भक्तालुहरुले आकर्षक घाट निर्माण गरेर पूजापाठ गर्ने कार्यमा व्यस्त देखिएका छन् ।

सूर्यको आराधना गरी मनाइने यो पर्वले मानव जीवन र प्रकृतिसँग पनि सम्बन्ध राख्दछ । पहिलो दिन व्रतालुहरुले नहायखाय गरी छठपूजाको विधि शुरु गर्छन् । दोस्रो दिन खरना, आज तेस्रो दिन अस्ताउँदो सूर्यको पूजा तथा अघ्र्य चढाउने र भोलि चौथो दिन पनि उदाउँदो सूर्यको पूजासँगै अघ्र्य चढाएर समापन गरिने यो पर्वमा नदी, तलाउ तथा पानीको मुहानमा गएर पूजा गर्नुको पनि खास अर्थ रहने गर्दछ ।

यसैगरी, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली छठपर्वको पूजाका लागि सष्टाङ दण्डवत (दूरी नापेर घस्रदैँ) गर्दै सिङ्घिया घाटमा पुगेर अस्ताउँदो सूर्यलाई अघ्र्य दिनुभएको छ । नगरवासीको सुख, शान्ति र समृद्धिको कामना गर्दै प्रमुख पराजुलीले यो कार्य लगातार १६ वर्षदेखि गर्दै आउनुभएको छ ।

विराटनगर पोखरियास्थित शिव पाञ्चायन मन्दिरबाट श्रीमती रञ्जीता पराजुलीसँगै तीन दशमलव पाँच किमीको दूरी उहाँले घस्रदैँ सिङ्घिया घाटमा पुग्नुलाई जनप्रतिनिधि प्रमुख पराजुलीलाई सबैले सराहना गरिरहेका छन् । धर्मकर्ममा विश्वास राख्ने प्रमुख पराजुलीको यो कार्यले अरुलाई पनि हौसला पुग्ने युवा राजु शाक्यले जानकारी दिनुभयो । सिङ्घिया र पिछडा नहरस्थित बनाइएको घाटमा अहिले हजारौँका सङ्ख्यामा भक्तालु, श्रद्धालु र दर्शनार्थीको भीड लागेको छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार