बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • बाजुराको स्वास्थ्यचौकीमा सुत्केरीको गयो ज्यान
स्वास्थ्य

बाजुराको स्वास्थ्यचौकीमा सुत्केरीको गयो ज्यान

बाजुरा, १६ कात्तिकः त्रिवेणी नगरपालिका–१ छतारा स्वास्थ्यचौकीमा आज एक सुत्केरीको मृत्यु भएको छ । सुत्केरी भएको ६ घण्टापछि स्वास्थ्यचौकीमा ३५ वर्षीया रेजिया नेपालीको ज्यान गएको हो ।

प्रहरी नायब निरीक्षक जनक ढुङ्गानाका अनुसार छतारा विशालबजारकी नेपाली चौथो सन्तान जन्माउन शुक्रबार राति स्वास्थ्यचौकी पुगेकी थिइन् । उनले राति नै बच्चा जन्माएको र शनिबार बिहान मृत्यु भएको स्वास्थ्यचौकीका अनमी सुमित्रा पाध्यायले बताउनुभयो । यसअघि जिल्ला अस्पतालमा दुई सुत्केरीको मृत्यु भएको थियो पाँच सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको थियो । (रासस)

चर्चामा

सम्बन्धित समाचार