आइतवार, मंसिर १२, २०७८ | Sunday 28th November 2021
  • होमपेज
  • सलमान खान र सोनाक्षी अभिनित ‘दबंग ३’ को शीर्ष गीत सार्वजनिक (भिडियो)
मनोरञ्जन

सलमान खान र सोनाक्षी अभिनित ‘दबंग ३’ को शीर्ष गीत सार्वजनिक (भिडियो)

काठमाडौँ । ‘दबंग ३’ को शीर्ष गीत सार्वजनिक भएको छ । को ‘हुड हुड’ बोलको शीर्ष गीतमा दीव्य कुमार, सबाब साब्री र साजिद वजिदले स्वर दिएका छन् । साजिदकै संगीतमा बनेको उक्त गीतका गीतकार भने जलीस शेर्वानी हुन् । भिडियोमा सलमान फेरि एकपटक चुलबुल पाण्डेको भूमिकामा देखिएका छन् । फिल्ममा सलमान, अभिनेत्री सोनाक्षी र साइ माञ्जरेकरका साथ माही गिल, टिनु आनन्द, सुदीप किच्चा र अरबाज खान, प्रिती जिन्टा लगायतको कलाकारहरूको मुख्य भूमिका रहेको छ ।

फिल्ममा कन्नडका सुपरस्टार सुदीपले भिलेनको भूमिका निर्वाह गरेका छन् । फिल्ममा सलमानले चुलबुल पाण्डेको युवा अवस्था र वयस्क अवस्थाको भूमिका निर्वाह गरेका छन् । फिल्म डिसेम्बर २० मा रिलिज हुने छ । वयस्क सलमानको पत्नीको भूमिकालाई सोनाक्षी सिन्हा देखिएकी छन् भने युवा सलमानको नायिकाको रूपमा साइको भूमिका रहेको छ । प्रभु देवाले निर्देशन गरेको फिल्मलाई सलमान, अरबाज र निखिल द्विवेदीले निर्माण गरेका हुन् ।

चर्चामा

सम्बन्धित समाचार