बुधबार, मंसिर १५, २०७८ | Wednesday 1st December 2021
  • होमपेज
  • सिस्नु खानाले यस्तो रोगबाट बच्न सकिन्छ
स्वास्थ्य

सिस्नु खानाले यस्तो रोगबाट बच्न सकिन्छ

सिस्नो स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यसमा धेरै किसिमको प्रोटिनहरु पाइन्छ सिस्नोमा फलाम आइरन , पोटासियम, क्याल्सियम, भिटामिन ए, सी र डी जस्ता पौष्टिक तत्व प्रचुर मात्रामा पाइन्छ ।

यद्यपि, चेतनाको अभावका कारण गाउँघरमा अधिकांशले सिस्नो खाँदैनन् । औषधीय गुण सिस्नोमा पाइने फलामले महिलामा रक्तअल्पता र कमजोरी हुनबाट जोगाउँछ । सिस्नोले धेरै किसिमको रोगको उपचार गरेको हुन्छ । विशेष गरेर मुटु तथा मधुमेहसम्बन्धी रोगका लागि यो निकै नै लाभदायिक मानिन्छ ।

यसले शरीरमा एलर्जी हुनेहरूका लागि धेरै राम्रो काम गरेको हुन्छ । पिसाब संक्रमण हुनेहरूका लागि पनि सिस्नु खानाले धेरै फाइदा गर्छ कपाल सिल्की बनाउनुका साथै झर्नबाट रोकिन्छ । नयाँ रगत बन्नका लागि पनि सिस्नुले धेरै भूमिका खेलेको हुन्छ । सिस्नोको सेवन गरौ यि रोगबाट बचौ ।

चर्चामा

सम्बन्धित समाचार