बुधबार, मंसिर १५, २०७८ | Wednesday 1st December 2021
  • होमपेज
  • ३ जना नेपालीको भारतमा विभत्स ह’त्या गर्नेलाई हुने भयो यति ठुलो सजाय
समाचार

३ जना नेपालीको भारतमा विभत्स ह’त्या गर्नेलाई हुने भयो यति ठुलो सजाय

बैतडी । भारतको पिथौरागढमा तीन जना नेपाली मजदुरको लिङ्ग काटेर हत्या गरिएको आरोपमा पक्राउ परेका नेपाली मजदुर धनबहादुर बोहरालाई १४ दिन हिरासतमा राख्न जिल्ला न्यायालय पिथौरागढले अनुमति दिएको छ । जिल्ला न्यायालय पिथौरागढबाट १४ दिन हिरासतमा राख्ने बिहीबार आदेश पाएपछि बोहरामाथि थप अनुसन्धान शुरु भएको भारतीय प्रहरीलाई उद्धृत गर्दै भारतीय पत्रकार राजेश पंगरियाले जानकारी दिए।

आरोपित बोहरामाथि थप अनुसन्धान गर्न प्रहरीले न्यायालयबाट थप म्याद मागेकोमा म्याद थपिएको हो उनले भने, बोहरालाई न्यायालयमा पेश गरेपछि न्यायालयले १४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। कात्तिक ८ गते पिथौरागढको मडधुरामा पुर्चौंडी ५ दहतोलीका हरिश बोहरा, उनका सहोदर भाइ बिरा बोहरा र पुर्चौंडी ४ भटना तडिखेतका कासी बोहराको हत्या भएको थियो।

घटना भएलगत्तै हत्याराको खोजीमा रहेको भारतीय प्रहरीले कात्तिक ११ गते भारतकै मन्सुयारीबाट बोहरालाई नियन्त्रणमा लिएको थियो। बैतडीको पुर्चौंडी नगरपालिका ५ घर भएका बोहराले तीन नेपाली मजदुरको हत्या आफूले स्वीकार गरिसकेका छन्। पक्राउ परेका बोहरा भारतमै मजदुरी गर्दै आएका थिए।

बोहराले प्रहरीसमक्षको बयान दिएका थिए, कात्तिक ८ गते चारै जनाले रक्सी खाएको थियो। पुनस् थप रक्सी पिउने विवाद भयो। विवाद हुँदा ढुंगाले उनीहरूको टाउकोमा हिर्काएको हो। हसियाले त्यसपछि आफैँले चारै जनाको लिंग काटिदिएको पनि सत्य हो।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै