शनिबार, मंसिर १८, २०७८ | Saturday 4th December 2021
  • होमपेज
  • सैफ अली खानको अनौठो बानी, घण्टौँ यस्तो काम गरेर बस्दा रहेछन् बाथरुममा
मनोरञ्जन

सैफ अली खानको अनौठो बानी, घण्टौँ यस्तो काम गरेर बस्दा रहेछन् बाथरुममा

काठमाडौं, कात्तिक १४ । बलिउड कलाकारहरुको चर्चा भारतमा मात्रै नभएर विश्वभर हुने गरेको छ । भारतीइ कलाकारहरुको फिल्मको चर्चा हुने गर्छ भने कहिलेकाँही उनीहरुको व्यक्तिगत जीवनको विषयमा पनि चर्चा हुने गर्छ । व्यक्तिगत हिसाबमा भन्नुपर्दा केही भारतीय स्टारहरुका अनौठा बानीहरु पनि रहेका छन् । जसमध्ये अनौठो बानी भएका चर्चित कलाकारहरुमध्येका एक हुन् सैफ अली खान ।

सैफअली खानलाई आफ्नो बाथरुम निकै प्रिय लाग्छ । उनी घण्टौंसम्म पनि बाथरुममा बस्न सक्छन् । उनी बाथरुममै किताब तथा पत्रिका पढ्ने गर्छन् । जुन बानीको बलिउडका कलाकारहरुले बेला बेलामा चर्चा गरेको समाचारहरु आइरहेका हुन्छन् ।

त्यस्तै शाहरुख खानलाई आफ्नो जुत्ताप्रति निकै लगाव रहेको भारतीय अनलाइन अमर उज्यालाले लेखेको छ । उनी दिनमा एकपटक वा बढीमा दुईपटक मात्र आफ्नो जुत्ता फुकाल्ने गर्छन् । कहिलेकाँही त उनी जुत्ता नफुकालीकनै सुत्ने गरेको रिर्पोटमा उल्लेख छ । त्यस्तै बलीउड अर्का सपरस्टार सलमान खानको पनि शाहरुखको जस्तै अनौठो बानी छ ।

रिर्पोटका अनुसार सलमान खानको घरमा हरेक किसिमको साबुन पाइन्छ । उनको साबुनको कलेक्सन राख्ने बानीको कलाकारहरुले बेला बेलामा चर्चा गरेको सुनिन्छ । त्यस्तै सन्नी लियोनीको यो अनौठो बानीका कारण निर्माता निर्देशकहरु हैरान पर्ने गरेका छन् । अभिनेत्री सन्नी लियोनलाई १५ मिनेटमा नुहाउने बानी छ ।

चर्चामा

सम्बन्धित समाचार