सोमवार, मंसिर १३, २०७८ | Monday 29th November 2021
  • होमपेज
  • आज चर्चित गायक पशुपति शर्माको जन्मदिन, शुभकामना दिनेको ओइरो
मनोरञ्जन

आज चर्चित गायक पशुपति शर्माको जन्मदिन, शुभकामना दिनेको ओइरो

काठमाडौँ । आज चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माको जन्मदिन परेको छ । कार्तिक १४ गते स्याङ्जाको वालिङमा जन्मिएका उनले यसैलाई आधार मानेर आफ्नो जन्म दिन मनाइ रहेका छन् । लुट्न सके लुट कान्छा, चिन्ता छैन केही, मलाई अमेरिका यहिँ जस्ता गीत गायर निकै नै चर्चामा आएका उनि धेरै मानिसहरुको मन मुटुमा बस्न सफल भएका छन् । यसो त उनले गायका केही गीत पनि विबादमा तानिएका छन् ।

लुट्न सके लुट कान्छा, चिन्ता छैन केही, मलाई अमेरिका यहिँ आदि जस्ता धेरै गीत गाएर चर्चामा आएका पशुपति शर्मा सबैका प्रिय गायक हुन् । उनले आज आफ्नो जन्मदिन परेको जानकारी गराउदै सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेखेका छन् ।

उनले लेखेका छन् आज मेरो जन्मदिन,,, मेरा भगवान रुपी बाबा आमा प्रति आभारी छु,, मेरा साथी भाई ईष्टमित्र र सबै मेरा दर्शक स्रोता प्रति झनै आभारी छु,,, उमेर घट्दै छ जिम्मेवारी बढ्दै छ र पनि आनन्दित छ मन किनकी मसंग हजुरहरुको आशिर्वाद छ,, ,। शर्मालाई जन्मदिनको शुभकामना दिनेको ओइरो लागेको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै