बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • शक्ति कपुरको खास नाम सुनिल हो, सुनील दत्तले खलनायकको नाम सुनिल हुँदैन भनेपछि शक्ति बने
मनोरञ्जन

शक्ति कपुरको खास नाम सुनिल हो, सुनील दत्तले खलनायकको नाम सुनिल हुँदैन भनेपछि शक्ति बने

काठमाडौं । भारतीय चर्चित खलनायक शक्ति कपुरको नाम अहिले विश्वले चिन्छ । खलनायकका रुपमा परिचित शक्तिको अर्को परिचय हो हाँस्यकलाकारको । शक्ति नामले आफ्नो परिचय बनाएका भएता पनि उनको खास नाम सुनील कपूर हो । खासमा शक्ति सुनील दत्तसँग फिल्म ‘रक्की’ मा काम गरिरहेका थिए , जब सुनील दत्तले उनलाई भने,’ सुनील नाम खलनायकमा राम्रो सुनिएन ।

उसको नाम जवरजस्त हुनुपर्छ । उनको नाम सुनील कपूरबाट यसरी शक्ति कपूरमा परिवर्तन भयो। ‘हिम्मतवाला र ‘हीरो’ जस्ता फिल्महरूमा खलनायकको भूमिका पनि खेले, तर यसपछि उनले आफूलाई कमेडीयनको रुपमा चिनाउन चाहेपछि उनले त्यसपछि अभिनयको यात्रामा पनि काम गरेका थिए । त्यसपद्धि खलनायकका अलावा उनी हाँस्यकलाकारका रुपमा चिनिएका हुन् । ‘राजा बाब बाप नम्बरी बेटा दास नम्बरीु, ‘अंदाज अपना अपना’लगायत कैयन फिल्ममा शक्तिले हाँसकलाकारको रुपमा काम गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार