बुधबार, कार्तिक ३, २०७८ | Wednesday 20th October 2021
  • होमपेज
  • उडिसामा आगलागी, ७० भन्दा बढी तरकारी पसलमा क्षति
राष्ट्र

उडिसामा आगलागी, ७० भन्दा बढी तरकारी पसलमा क्षति

सम्बालपुरः उडिसाको एक सम्बालपुर नगरमा सोमबार बिहान लागेको आगलागीका कारण ७० भन्दा बढी तरकारी पसलमा पूर्णतया क्षति भएको सम्बालपुरको गोलबजारस्थित उक्त तरकारी बजारमा दिपावलीका अवसरमा बालिएको बत्ती पल्टिएर मध्यरात (२ः३० बजे) आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ ।

आगलागीपछि वरपरबाट घटनास्थलमा पुगेका स्थानीय, सुरक्षाकर्मी तथा अग्नि नियन्त्रक अधिकारीले दमकलको सहयोगमा करिब दुई घण्टापछि आगोलाई नियन्त्रणमा लिएका थिए । उक्त घटनामा कुनै मानवीय क्षति भने नभएको बताइएको छ । सहायक अग्नी नियन्त्रक जितेन्द्र दासले भन्नुभयो, “घटनाबारे अनुसन्धान सुरू भैसकेको छ । आगलागीबाट भएको क्षति र आगलागीको कारणबारे विस्तृत विवरण अनुसन्धानपछि जानकारी हुनेछ । ” -एएनआई

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार