बुधबार, कार्तिक ३, २०७८ | Wednesday 20th October 2021
  • होमपेज
  • बैतडीमा झुण्डिएर यात्रा गर्दा जीपबाट खसेर चन्दको अकालमै गयो ज्यान
समाज

बैतडीमा झुण्डिएर यात्रा गर्दा जीपबाट खसेर चन्दको अकालमै गयो ज्यान

बैतडी, ११ कात्तिकः जीपबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाटन नगरपालिका–७ किम्तोलीका १५ वर्षीय सुवास चन्द रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी नायब निरीक्षक वीरभद्र खडायतले जानकारी दिनुभयो ।

आइतबार किम्तोलीबाट डडेल्धुरातर्फ जाँदै गरेको म१ज १६८ नं को जीपमा सवार चन्द खसेर घाइते भएका थिए । उनको आज मृत्यु भएको हो । जीपको पछाडि झुण्डिएर यात्रा गरिरहेका चन्द खसेर घाइते भएको खडायतले बताउनुभयो । घटनाबारे जानकारी लिन इलाका प्रहरी कार्यालयको टोली घटनास्थलमा गएको प्रहरी निरीक्षक किसन चन्दले बताउनुभयो । (रासस)

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार