सोमवार, कार्तिक ८, २०७८ | Monday 25th October 2021
  • होमपेज
  • अब भरतपुरमा कोही पनि बेसाहारा बस्नु नपर्ने, हेर्नुहोस मेयर रेनुको प्रशंसनीय काम (भिडीयोमा)
समाचार

अब भरतपुरमा कोही पनि बेसाहारा बस्नु नपर्ने, हेर्नुहोस मेयर रेनुको प्रशंसनीय काम (भिडीयोमा)

कार्तिक, ११ चितवन । भरतपुर महानगरपालिकामा अब कोही पनि बेसाहारा नहुनेभएको छ । महानगरलाई नेपालकै पहिलो बेसाहारा सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा गरीएको छ । महानगरभित्र रहेका विभिन्न किसीमका असहाय व्यक्तिहरुलाई उद्धार गरेपछि भरतपुरलाई सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा गरीएको हो ।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले घोषणा पत्र पढेर भरतपुरलाई सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा गरेका हुन । भरतपुर महानगरपालिका, मानव सेवा आश्रम, जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय तथा विभिन्न सामाजीक संघ संस्थाको संयुक्त पहलमा सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा गरीएको हो ।

विभिन्न संघ संस्थाका अभियान्ताहरु १२ दिन रातको समयमा निरन्तर बेसाहाराहरुको खोज तथा उद्धारमा खटिएका थिए । असोज २७ गत्तेदेखि कार्तिक ८ गत्तेसम्म हरेक दिन राति ८ बजेदेखि ११ बजेसम्म खोज तथा उद्धार गरीएको थियो । भरतपुरका विभिन्न स्थानबाट ३ सय भन्दा धेरै जनालाई उद्धार गरीएको थियो । अब महानगरभित्र कोहि भोकै, नांगै बस्न नपर्ने महानगर प्रमुख रेनु दाहालले बताइन ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै