सोमवार, कार्तिक ८, २०७८ | Monday 25th October 2021
  • होमपेज
  • ब्याडमिन्टन प्लेयर धामीद्वारा अनाथ बालबालिकालाई लुगा वितरण
समाज

ब्याडमिन्टन प्लेयर धामीद्वारा अनाथ बालबालिकालाई लुगा वितरण

भीमदत्तनगर, ११ कात्तिकः ब्याडमिन्टनका नेपाल च्याम्पियन दिपेश धामीले गृह जिल्ला कञ्चनपुरमा आइतबार अनाथ बालबालिकालाई न्यायो लुगा वितरण गर्नुभएको छ ।दशैँ–तिहारको अवसरमा उहाँले भीमदत्तनगरपालिका–४ स्थित महाकाली अञ्चल बाल अनाथालयमा आश्रय लिइरहेका ३१ बालबालिकालाई न्यानो लुगा ट्रयाकसुट वितरण गर्नुभएको हो ।

दिपेशका बुबा राष्ट्रिय खेलकूद परिषद्का पूर्वकेन्द्रीय सदस्य हरकसिंह धामीले छोराले खाजा खर्च कटाएर न्यानो लुगा खरीद गरी अनाथ बालबालिकालाई वितरण गरेको बताउनुभयो । हाल १३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता सागको बन्द प्रशिक्षणमा रहनुभएका दिपेशले बेसहारा बालबालिकालाई सहयोग पुगोस् भनेर लुगा वितरण गरेको उहाँको भनाइ थियो । (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै