सोमवार, कार्तिक ८, २०७८ | Monday 25th October 2021
  • होमपेज
  • तिहारलाई मध्यनजर गरी मदिरा बिक्री र सेवनमा रोक
समाचार

तिहारलाई मध्यनजर गरी मदिरा बिक्री र सेवनमा रोक

कञ्चनपुर, १० कात्तिकः तिहारलगायत चाडपर्वलाई मध्यनजर गरी जिल्लामा शान्ति सु–व्यवस्था कायम गर्न तथा सामाजिक सद्भाव बिग्रन नदिन मदिरा बेचबिखन गर्न रोक लगाइएको छ । गोवद्र्धन पूजा र भाइटीकाका दिन मदिरा बेचबिखन र सार्वजनिकस्थलमा मदिरा सेवनमा पूर्णरूपमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण उपाध्यायले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी सुशील वैद्यको अध्यक्षतामा बसेको बैठकले मदिरा बिक्री वितरण गर्न तथा सेवनमा रोक लगाउने निर्णय गरेको हो । निर्णय कार्यान्वयन गराउनका लागि तथा प्रचार–प्रसारका लागि आन्तरिक राजश्व कार्यालय, स्थानीय तह र सम्बन्धित व्यवसायीलाई पत्राचार दशैँअघि नै भइसकेको उपाध्ययले बताउनुभयो । “देउसीभैलोगायत कार्यक्रम राति नौ बजेसम्म मात्रै गर्न पाइनेछ”, उहाँले भन्नुभयो । (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै