आइतवार, कार्तिक ७, २०७८ | Sunday 24th October 2021
  • होमपेज
  • जनगायक शर्माको छोराको उपचार्थ नेकपा बागलुङद्वारा यती धेरै सहयोग
स्वास्थ्य

जनगायक शर्माको छोराको उपचार्थ नेकपा बागलुङद्वारा यती धेरै सहयोग

गलकोट, १० कात्तिकः जनगायक जीवन शर्माको छोराको उपचारका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङले सहयोगको घोषणा गरेको छ । जटिल रोगका कारण त्रिवि शिक्षण अस्पतालमा उपचाररत शर्माका माइला छोरा अमृतको उपचारमा सहयोग गर्न रु एक लाख एक हजार सहयोग गर्ने निर्णय गरिएको नेकपाका जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले जानकारी दिनुभयो ।

“जनताको मुक्तिका लागि गीत गाउने कलाकार शर्माको परिवारमाथि आइपरेको विपतमा साथ दिन सहयोग गर्ने निर्याण गरिएको हो”, उहाँले भन्नुभयो । केही दिनमै रकम हस्तान्तरण गरिने उहाँले बताउनुभयो । नेकपाका नेता, सांसद, जनप्रतिनिधिबाट सहयोग रकम सङ्कलन गरिएको अध्यक्ष सापकोटाले बताउनुभयो ।

दशैँमा शर्माका छोरा अमृतको मासु खाने क्रममा हड्डी अड्केर अन्ननलीमा जटिल समस्या देखिएको हो । अमृतको उपचारमा रु ५० लाखभन्दा बढी खर्च हुने बताइएको छ । बागलुङवासी गायक शर्माको छोरा बचाउन जिल्लामा सहयोग अभियान सञ्चालन गरिएको छ । यसै क्रममा राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान बागलुङ शाखाले रु ५१ हजार सङ्कलन गरी शर्मालाई हस्तान्तरण गरेको छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै