शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • पोखरामा दश लाख ५८ हजार नगदसहित नौ जुवाडे समातिए
समाचार

पोखरामा दश लाख ५८ हजार नगदसहित नौ जुवाडे समातिए

पोखरा, १० कात्तिकः जिल्ला प्रहरी कार्यालय कास्कीले १० लाख ५८ हजार ५१० रुपैयाँ नगदसहित नौ जना जुवाडे पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका– ६ पहारीमार्गस्थित छवि पौडेलले सञ्चालन गरेको होटल क्रिष्टल प्यालेसमा जुवा खेलाइरहेको सूचनाका आधारमा पुगेको प्रहरीले तासका गड्डी र नगदसहित जुवाडे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो । जुवाडेलाई पक्राउ गरी कानूनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै