बुधबार, कार्तिक ३, २०७८ | Wednesday 20th October 2021
  • होमपेज
  • इन्ग्लिश प्रिमियर लिग फुटबलमा चेल्सीद्वारा बर्नलीलाई ४ – २ गोल अन्तरले हरायो
खेलकुद

इन्ग्लिश प्रिमियर लिग फुटबलमा चेल्सीद्वारा बर्नलीलाई ४ – २ गोल अन्तरले हरायो

एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा चेल्सीले बर्नलीलाई ४ – २ गोल अन्तरले पराजित गर्दै शानदार जित दर्ता गरेको छ । बर्नलीको घरेलु मैदानमा नै गएर चेल्सीले गोलको वर्षा गर्दा बर्नलीका खेलाडीले मात्र २ गोल फर्काउन सके ।

खेल सुरु भएको २१ औं मिनेटमा पुलिसिचले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए भने पहिलो हाफको अन्तिम समय अर्थात खेलको ४५ औं मिनेटमा पुलिसिचले चेल्सीका लागि दोस्रो गोल गर्दै बर्नलीलाई थप दबाब थिए ।

शनिबार राती भएको खेलमा घरेलु टिम बर्नलीका जय रोड्रीगेज र म्याकनिलले एक एक गोल फर्काए पनि बर्नलीको मैदानमा चेल्सीलाई जित दिलाउन क्रिस्टियन पुलिसिचले ह्याट्रिक गरे । यस्तै विलियमले एक गोल थपेपछि बर्नली ४(२ गोल अन्तरले पराजित बन्न पुग्यो ।

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार