शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • बलिउडका चर्चित नायिका कैटरिना कैफ र विद्या बालनले एउटै फिल्ममा काम गर्ने
मनोरञ्जन

बलिउडका चर्चित नायिका कैटरिना कैफ र विद्या बालनले एउटै फिल्ममा काम गर्ने

एजेन्सी । बलिउडका दुई चर्चित अभिनेत्री हुन् विद्या बालन र कैटरिना कैफ एउटै फिल्ममा देखा पर्ने भएका छन् । स्क्रिप्ट पनि तयार भइसकेको बताइएको छ । फिल्मलाई आनन्द एल रायले फिल्म निर्माण गर्ने भएका छन् । पछिल्लो समय कटरिनाले रायसँग फिल्म जिरोमा काम गरेकी थिइन् ।

बालन र कैटरिना कैफलाई विशेष भुमिकामा देख्न पाइने बताइएको छ । कैटरिना रोहित सेट्टीको फिल्म सुर्यवंशीमा व्यस्त रहेकी छिन् भने विद्या बालनले अभिनय गरेको फिल्म मिसन मंगलले बक्स अफिसमा दमदार कमाइ गर्न सफल भएको थियो । यि दुई नायिका एक साथ देख्न पाइने भएपछि फ्यानहरु खुशी भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै