मङ्लबार, कार्तिक २, २०७८ | Tuesday 19th October 2021
  • होमपेज
  • तेस्रो ओएस नेपाल राष्ट्रिय म्यूजिक अर्वाड भब्य रुपमा राजधानीमा सम्पन्न
मनोरञ्जन

तेस्रो ओएस नेपाल राष्ट्रिय म्यूजिक अर्वाड भब्य रुपमा राजधानीमा सम्पन्न

काठमाडौँ । तेस्रो ओएस नेपाल राष्ट्रिय म्यूजिक अर्वाड राजधानीमा एक कार्यक्रमका बिच सम्पन्न भएको छ । गएको बुधबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा भब्य समारोहकाबिच कार्यक्रम सम्पन्न गरिएको छ । नेपाली गीत संगीत र साहित्यको संरक्षण र संर्वद्धन गर्ने उदेश्यले आयोजना गरिएको भब्य कार्यक्रममा ५८ बिद्यामा अवार्ड वितरण गरिएको थियो ।

तिर्थ कुमारी थापालाई २५ हजार रुपैयाँ नगद सहित लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको सो कार्यक्रममा तेस्रो ओएस नेपाल म्यूजिक अवार्डका मुख्य प्रायोजक यज्ञलाल श्रेष्ठ र तिलक सु्नुवारलाई समारोहको अवसर पारेर विशेष सम्मान गरिएको थियो । त्यस्तै ओएस नेपालको स्थापनाकालदेखि नै ओएस नेपालको सद्घावना दुतका रुपमा रहेर निरन्तर ओएस नेपालको हित चाहेका लोकप्रिय गायक प्रमोद खरेललाई पनि सो अवसरमा सम्मान गरिएको थियो ।

त्यस्तै ओएस नेपालको स्थापनाकालदेखि नै ओएस नेपालसँग आवद्ध रहेर अमेरिकाको म्यालिफोर्नियाबाट पत्रकारिता गर्दै आइरहेका ओएसउ नेपालका कार्यक्रम निर्माता निर्देशक एसबाबु सन्दिपलाई पनि सम्मान गरियो । त्यस्तै जापानमा रहेर ओएस नेपालसँग सम्वद्ध पत्रकार एचबी ताम्राकार लगायत विभिन्न ब्यक्तिहरुलाई पनि सो अवसरमा सम्मान गरिएको थियो । मुलुककै गन्यमान्य गायक गायिका तथा कलाकारहरुको बाक्लो उपस्थितीतिमा तेस्रो ओएस नेपाल म्यूजिक अवार्ड पाउने भाग्यमानी कलाकारहरु भिडियोमा भिडियोमा हेर्नुहोस्…


चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै