शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • उपल्लो डोल्पाबाट दुई जर्मन नागरिकको उद्धार
समाचार

उपल्लो डोल्पाबाट दुई जर्मन नागरिकको उद्धार

जाजरकोट, ९ कात्तिकः डोल्पामा लेक लागेर बिरामी भएका दुई जना जर्मन नागरिकलाई उद्धार गरिएको छ । माथिल्लो डोल्पाको छार्का ताङसोङ गाउँपालिकामा पर्ने सुला तथा मुकोट ताल पुगेर लेक लागेका कारण बिरामी भएका दुई जना जर्मन नागरिकलाई शनिबार दिउँसो हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँ लगिएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिनुभयो ।

माथिल्लो डोल्पा अवलोकन गर्न गएका दुबै जना पर्यटक छार्का ताङसोङ गाउँपालिकास्थित मुकोट ताल ताथ सुला ताल भनेर चिनिने तालसम्म पुगेका बेला लेक लागेर बिरामी परेका हुन् । उद्धार अनुमति पत्रको फोटोकपी नबुझिने भएकाले उनीहरुको नाम भन्न नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक खस्टप्रसाद खकुरेलले बताउनुभयो । (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै