बिहिबार, कार्तिक ४, २०७८ | Thursday 21st October 2021
  • होमपेज
  • बाहुबलीका प्रभासले यि विवाहित नायिकालाई मन पराएपछि !
मनोरञ्जन

बाहुबलीका प्रभासले यि विवाहित नायिकालाई मन पराएपछि !

एजेन्सी । दक्षिण भारतीय अभिनेता प्रभासले आफ्नो ४०औँ जन्मदिन मनाएका छन् । उनी अभिनीत चलचित्र ‘बाहुबली’ सय करोड क्लबमा सामेल भएपछि उनको चर्चा बलिउडमा मात्रै नभई विश्वभरि नै चुलिएको थियो । दक्षिण भारतीय चलचित्र उद्योगमा चर्चामा रहेका प्रभासलाई सन् २०१५ बाट मात्रै सुपरस्टारका रूपमा लिन थालिएको हो । चलचित्र ‘बाहुबली स् द बिगनिङ्ग’ सार्वजनिक भएपछि उनी एकाएक चर्चाको चुलीमा पुगेका हुन् । त्यस्तै ‘बाहुबली’ कै सिक्वेलका रूपमा आएको ‘बाहुबली २’ ले राम्रो व्यापार गरेपछि प्रभास भारतीय चलचित्र उद्योगमा स्टारका रूपमा परिचित भए । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

‘बाहुबली’ ले विश्वभरिबाट करिब सात सय करोड भारु कमाउन सफल भएको भारतीय सञ्चारमाध्यमले जनाएका थिए । यससँगै प्रभासको प्रेम सम्बन्धका बारेमा समेत निकै चर्चा भएको थियो । उनको प्रेम र विवाहका बारेमा बलिउडमा धेरै गसिप र समाचार लेखिएका छन् ।

एक पटक अभिनेता प्रभासले आपूmभन्दा १३ वर्ष कान्छी केटीसँग विवाह गर्न लागेको समाचार आएको थियो । त्यस्तै ती युवतीका बारेमा सञ्चारमाध्यममा खबर धेरै समाचार आउन थालेपछि उनी आफैँले त्यसको खण्डन गरेकी थिइन् ।

यस सम्बन्धमा प्रभासको परिवारले खासै चासो भने दिएन । अभिनेता समाचारमा आउने यस्ता सबै हल्लालाई बेवास्था गर्दै आफ्नो काममा केन्द्रित भए । यही बीचमा उनको प्रेमप्रसंग र विवाहका बारेमा आएको समाचार निकै भाइरल भयो । बाहुबली र देवसेना अर्थात् प्रभास र अभिनेत्री अनुष्का सेट्टीका बीचमा प्रेमसम्बन्ध रहेको उक्त समाचार निकै चर्चामा आयो ।

केही समयपछि उनीहरूको सम्बन्ध टुटेको खबर पनि आयो । यी दुवैले बाहुबलीबाहेक अन्य केही चलचित्रमा सँगै काम गरेका थिए ।
जब सन् २०१७ मा बाहुबली प्रदर्शनमा आयो त्यसपछि प्रभासलाई मनपराउने देश–विदेशका युवती फ्यानको संख्यामा बृद्धि भयो । भारतीय सञ्चारमाध्यमका अनुसार अभिनेता प्रभासलाई पाँच हजार युवतीले विवाहको प्रस्ताव पठाएका थिए । यो समाचराले समेत बलिउड निकै गरम बनेको थियो ।

यसको केही समयपछि प्रभासले एक व्यापारीको छोरीसँग विवाह गर्दैछन् भन्ने समाचार बाहिरियो । यो खबर पनि भाइरल भयो । त्यस्तै, सञ्चारमाध्यमले रासी सिमेन्टका प्रमुख भुपति राजाकी नातिनीको विवाह प्रस्ताव प्रभासलाई आएको हल्ला चलाए । यसलाई प्रभासको परिवारले खण्डन गरेको थियो ।

त्यसैगरी प्रभासका करोडौँ फ्यानलाई चित्त दुख्ने गरी केही समय पहिले फिल्म समीक्षक उमैर सन्धुले एक ट्विट पोस्ट गरे । उनले ट्विटमा लेखेका थिए, ‘प्रभास र अनुष्का छिट्टै विवाहबन्धनमा बाँधिदै छन् । प्रभास र अनुष्का डिसेम्बर महिनामा विवाह गर्ने तय भएको छ । दुवैले आफ्नो सम्बन्ध स्वीकार गरेका छन् ।’

समीक्षक सन्धुको उक्त ट्विटमा अभिनेता प्रभास तथा अभिनेत्री अनुष्का दुवैले मौनता साँधे, जसले गर्दा युवतीहरू पत्याउन बाध्य भए । फ्यानहरूको यो पर्खाइ वास्तविकतामा परिणत भएन । अन्तमा यो खबर हल्लामै सीमित भयो । प्रभासले बलिउडमा एक अभिनेत्री आफूलाई मनपर्ने समाचार बाहिरियो । उनको साथमा चलचित्र गर्ने इच्छा रहेको समेत उनले सार्वजनिक गरे । उनी थिइन् दीपिका पादुकोण । रणवीर सिंहसँग विवाहबन्धनमा बाँधिएकी दीपिकाको आफू फ्यान रहेको भन्दै प्रभासले आफ्ना महिला फ्यानहरूलाई अझै पनि आश देखाइरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार