बुधबार, कार्तिक ३, २०७८ | Wednesday 20th October 2021
  • होमपेज
  • प्रधानमन्त्री ओली पाकिस्तानी र बङ्गलादेशी समकक्षीलाई भेट्दै
समाचार

प्रधानमन्त्री ओली पाकिस्तानी र बङ्गलादेशी समकक्षीलाई भेट्दै

विशेष प्रतिनिधि मनोज कार्की

बाकु, ९ कात्तिक: असंलग्न आन्दोलन (नाम)को १८ औँ शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा यहाँ रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्ना पाकिस्तानी र बङ्गलादेशी समकक्षीसँग बेग्लाबेग्लै भेटवार्ता गर्नुहुने भएको छ ।

प्रधानमन्त्री ओलीले आज अपराह्न बङ्गलादेश र पाकिस्तानका प्रधानमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र सचिव शङ्करदास वैरागीले बताउनुभयो । आजै प्रधानमन्त्रीले अजरबैजानका राष्ट्रपतिसँग पनि भेटवार्ता गर्नहुनेछ । (रासस)

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार