शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • प्रहरी महानिरीक्षक खनाल स्वदेश फिर्ता
समाचार

प्रहरी महानिरीक्षक खनाल स्वदेश फिर्ता

काठमाडौँ, ९ कात्तिक: प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल स्वदेश फिर्ता हुनुभएको छ । चिलिको सान्टियागोमा गत असोज २८ देखि यही कात्तिक १ गतेसम्म सञ्चालन भएको अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)को ८८ औँ महासभामा भाग लिएर शुक्रबार राति स्वदेश फर्कनुभएको हो ।

एनसिवी नेपालका प्रमुखसमेत रहनुभएका महानिरीक्षक खनाल इन्टरपोलको महासभामा भाग लिन गत असोज २६ गते राति चिलि प्रस्थान गर्नुभएको थियो । महासभामा भाग लिन उहाँसँगै प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाही र प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीसमेत चिली जानुभएको थियो । (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै