बुधबार, कार्तिक ३, २०७८ | Wednesday 20th October 2021
  • होमपेज
  • बिहान खाली पेटमा भिजाएको चना खानुस्, गर्छ यति धेरै फाइदा
स्वास्थ्य

बिहान खाली पेटमा भिजाएको चना खानुस्, गर्छ यति धेरै फाइदा

काठमाडौँ । बिहानको समयमा भिजेको चना खानु स्वास्थ्यको लागि लाभदायी हुने गर्छ । चना स्वालका लागी मात्र नभइ स्वास्थका लागी पनि उत्तिकै उपायेगी हुन्छ । चनामा प्रोटिन, फाइबर, लवण तथा भिटामिन प्रशस्त पाइने भएकाले बिहान भिजेको चना खानु लाभदायी हुने डाक्टरहरु बताउछन् ।

अन्य खाद्यान्नभन्दा सस्तो मानिने यो पोषण युक्र चना सुलभ तथा उपयुक्त विकल्प हो । चनाले शरीरलाई स्वस्थ राख्न मद्धत गर्नुका साथै विभिन्न रोगहरुबाट पनि बचाउँदछ । उसो त चना हरेक उमेर तथा लिंगका मानिसहरुका लागि लाभायक हुन्छ । भिजाएको चना ऊर्जाको ठूलो श्रोत हो, जसको नियमित सेवनले कमजोरीबाट मुक्ति पाइन्छ ।

भिजाएको चनामा धेरै फाइबर पाइन्छ । यसले पाचन क्रियालाई सन्तुलित पार्दछ र कब्जियत पनि हटाउँदछ । हरेक दिन बिहान कम्तिमा १ मुठी भिजेको चना खाँदा प्रजनन क्षमता तथा शुक्रकिटको गुणस्तर तथा संख्या बढ्ने विज्ञको भनाई छ । एकदेखि दुई मुठी चना हरेक दिन खाने हो भने रगतमा चिनीको मात्रा नियन्त्रित अवस्थामा रहन्छ । डायबेटिज हुन पाउँदैन । भएको छ भने चनाले फाइदा पुर्याउँछ । अंकुरित चनामा भिटामिन बी कम्लेक्स हुन्छ जसबाट शरीरलाई उर्जा प्राप्त हुन्छ ।

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै