सोमवार, कार्तिक १, २०७८ | Monday 18th October 2021
  • होमपेज
  • पत्नी जरिनाले यसरि लिइन् पतिको ज्यान
समाज

पत्नी जरिनाले यसरि लिइन् पतिको ज्यान

काठमाडौं, ९ कार्तिक । रौतहट जिल्ला प्रहरी कार्यालयले श्रीमान् हत्या आरोपमा श्रीमतीलाई पक्राउ गरेको छ।जिल्लाको गौर नगरपालिका ५ कोइरीटोलका जरिना खातुनलाई श्रीमान् हत्या आरोपमा बिहीबार प्रहरीले पक्राउ गरेको हो।

श्रीमती जरिनाले कात्तिक ४ गते श्रीमान् ३५ वर्षीय इस्लाम अन्सारकिो हत्या गरेको अनुसन्धानमा खुल्न आएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिएका छन् । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ।

पति इस्लाम र पत्नी जरिनाबीच प्रायः झगडा भइरहने र यही क्रममा कात्तिक ४ गते राति ११ बजे जरिना खातुनले आवेशमा आई प्लास्टिकको डोरीले घाँटीमा कसी कर्तव्य गरी मारेको खुल्न आएको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै