बुधबार, कार्तिक ३, २०७८ | Wednesday 20th October 2021
  • होमपेज
  • अब भारतबाट चितवनसम्मै पाइपबाट डिजेल र ग्यास
बिजनेस

अब भारतबाट चितवनसम्मै पाइपबाट डिजेल र ग्यास

काठमाडौं । भारतबाट पाइपलाइनमार्फत अमलेखगन्जसम्म डिजेल आयात सुरु गरेको नेपाल आयल निगमले खाना पकाउने ग्यास पनि पाइपलाइनबाट ल्याउने भएको छ ।

भारत मोतिहारीबाट चितवनसम्म खाना पकाउने ग्यास ल्याउन पाइपलाइन निर्माण गर्न निमग र इन्डियन आयल कर्पोरेसन आईओसी बीच सहमति भएको छ ।

मोतीहारी–अमलेखन्ज पेट्रोल पाइपलाइन चितवनसम्म विस्तार गर्ने सहमति पनि दुवै पक्षबीच भएको छ। यो खबर आजको नागरिक दैनिकमा दिलीप पौडेलले लेखेका छन् ।

करिब २५ अर्ब रुपैयाँ लागतमा ग्यास, पेट्रोलियम पाइपलाइन र भण्डारण स्थल निर्माण गरिने छ । निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलका अनुसार ग्यास र पेट्रोलियम पदार्थ ढुवानीका लागि चितवनसम्म पाइपलाइन विस्तार गर्ने सहमति आईओसीसँग भएको हो ।

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै