मङ्लबार, कार्तिक २, २०७८ | Tuesday 19th October 2021
  • होमपेज
  • शनि बिश्वकर्मा नेपालको पहिलो लोक स्टार बनेपछि उनको आमा बाबा भाबुक हुदै भने: छोराले देशकै नाम राख्यो
मनोरञ्जन

शनि बिश्वकर्मा नेपालको पहिलो लोक स्टार बनेपछि उनको आमा बाबा भाबुक हुदै भने: छोराले देशकै नाम राख्यो

रोल्पाका शनि विश्वकर्माले नेपाल लोकस्टारको उपाधि चुमेका छन् उनले जिते संगै बिजय र्याली सुरु भएको छ।उनका बाबा र आमा सहितको टिमले टुडिखेल अगाडी र्याली ल्याए।एता एपीवान टेलीभिजनबाट प्रशारित सर्वाधिक पुरस्कार राशिको रियालिटी शो नेपाल लोकस्टारको उपाधिसँगै उनले ५० लाख नगद पुरस्कार हात पारे ।

भृकुटिमण्डपस्थित खुला मैदानमा शुक्रबार आयोजित अन्तिम प्रस्तिस्पर्धामा उनले उपाधि चुमेका हुन्। प्रतियोगितामा चेतन गोतामे दोस्रो भई २५ लाख नगद पुरस्कार प्राप्त गरे । तेस्रो उदयपुर कटारीका विनोद दनुवारले जिते । उनले १० लाख नगद प्राप्त गरेका छन् । त्यसैगरी रामेछापका रामकुमार नेपाली सान्वना भए ।सान्त्वना भएका उनले दुई लाख हात पारे ।

असार १२ गतेबाट सुरु भएको लोकस्टार कार्यक्रम भृकुटिमण्डपबाट ३६ औं शृंखला प्रत्यक्ष प्रशारण गर्दै सम्पन्न भएको हो । नेपालको लोक संस्कृति प्रचार प्रचार र विकास गर्ने उद्देश्यले चाहना मिडिया प्रालिले यो कार्यक्रम सञ्चालन गरेको हो ।

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै