शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • भद्रगोल सक्किगोनीकै कथा ब्यथा बोकेको “हास्नु हुन्न है” सार्बजनिक जसलाई दुई बर्ष रोकिएको थियो
मनोरञ्जन

भद्रगोल सक्किगोनीकै कथा ब्यथा बोकेको “हास्नु हुन्न है” सार्बजनिक जसलाई दुई बर्ष रोकिएको थियो

हास्य टेलिशृन्खला दोबाटे चलिरहेकै बेलामा पुर्बकै दोबाटे टिमले नै तयार पारेको नयाँ हास्य टेलिशृन्खला हास्नु हुन्न है तयार भएको धेरै समय बितिसकेको थियो । बिगत लामो समयसम्म धेरै आशा बोकेर पर्खिएर बसेको यो टिमलाई नेपाल टेलिभिजनमा प्रसारण गर्छौ भन्दै अहिले चलेको एउटा मिडिया एजेन्सीले कतै प्रसारण गर्न रोक लगाएको थियो । एउटा चलेको कम्पनीले यति राम्रो यति स्तरीय सिरियल जहाँ पायो त्यहीँ प्रसारण गर्नु हुदैन हामी नेपाल टेलिभिजनमा प्रसारण गर्नेछौ भन्दै आश्वासन देखाएर करिब दुई बर्ष बिताइदियो । कार्यक्रम तयार भएको दुई बर्ष बितिसक्दा पनि त्यही आस्वासन मात्र आएपछी अन्ततः युटुब मार्फत सार्बजनिक गर्ने निर्णय गर्यो टिमले अनि सुपर अनलाइन टिभी मार्फत भर्खरै दोश्रो भाग सार्बजनिक गरिएको छ । हास्नु हुन्न है सिरियलका भित्री दुख र पीडा सिरियलका लेखक तथा निर्देशक समीर सुवेदी र आइन्द्र लिम्बुले यसरी सुनाए । सधै विभिन्न सिरियल मार्फत हसाउने मान्छेले हामीलाई भावुक नै बनाए ।

कुरा धेरै अगाडीको हो दुई अति नै मिल्ने साथी जुन दमकको स्थानीय हिमशिखर टेलिभिजनबाट प्रसारण हुने हास्न पाइदैन है र दोबाटेमा अभिनय गर्थे । उनीहरुको अभिनयलाई धेरैले मन पराउथे । उनिहरुले दुई सिरियलमा अभिनय मात्र गर्थे केही पारिश्रमिक पाउदैन थिए । कलाकारितामा यति रहर थियो कि त्यो कुनै सिमा नै थिएन । दोबाटे र हास्न पाइदैन है हरेन्द्र खत्रीले नै निर्देशन गर्थे अनि टेलिभिजन अनि पुर्बकै युटुबमा प्रसारण हुन्थ्यो । हरेन्द्र खत्रीले पुर्बमा धेरै कलाकार उत्पादन गरेका छन । समीर सुवेदी र आइन्द्र लिम्बुका गुरु उनै हरेन्द्र खत्री हुन ।एकैचोटि दुईबटा सिरियल चलिरहेकै थिए । एकाएक सिरियल निर्माण टिमको कुरा नमिलेपछि सुटिङ नै रोकियो ।

त्यसपछि कलाकार बन्ने सपना बोकेर काठमाडौ छिरेका दुई युवा समीर सुवेदी र आइन्द्र लिम्बुले दुई बर्ष काठमाडौमै बसेर दुख गरे धेरैलाई सिरियलमा खेलाउन अनुरोध गरे । कहि कतैबाट केही सहयोग नमिलेपछि कसैले पनि मौका नदिएपछि आफैले रिन काडेर दुख गरेर रुदै हसाउने सिरियल बनाए । एकातिर खान बस्नको बन्दोबस्त गर्नुपर्ने अर्कोतिर कलाकारितामा देखेको सपना । पुर्बकै कलाकारहरु बोलाएर पुरै नयाँ टिम बनाएर सिरियल तयार पारे अनि विभिन्न मिडिया एजेन्सी धाउन थाले तर सबैले आशा मात्र देखाए ।एउटा कम्पनिले आफुले प्रसारण गरिदिने कुरा गर्यो अनि अन्त कतै प्रसारण पनि गर्न दिएन करिब दुई अढाई बर्षसम्म झुलाइदियो ।

अहिले भद्रगोल र सक्किगोनीकै जस्तो हालत भयो दुई बर्षसम्म आशैआसमा बित्यो अनि केही पार नलागेपछी अहिले आफैले युटुब मार्फत सार्बजनिक गरेका छन । सिरियलमा दोबाटेमा चिबेको भुमिका निभाउने समीर सुवेदी र कोपाको भुमिकामा हुने आइन्द्र लिम्बु,बिष्णु भट्टराई,आशिस ठकुरी,सुजन ढकाल,गणेश भट्टराई,सुमि ठकुरी,सुस्मा श्रेष्ठ,हेमराज जोशी,दिपक सुवेदी,बिकाश कार्की दिलिप तामाङ आदि कलाकारहरूले अभिनय गरेका छन भने समीर सुवेदी र आइन्द्र लिम्बुले लेखन तथा निर्देशन गरेका छन दोबाटेमा आउनुभन्दा अगाडी नै तीन बर्ष पहिला बनाएको सिरियल कस्तो छ त? तल पूरा भिडियो हेर्नुहोस मन छुनेछ हसाएरै भुतुक्क बनाउने छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै