मङ्लबार, कार्तिक २, २०७८ | Tuesday 19th October 2021
  • होमपेज
  • झूटो बोलेको पत्ता लगाउने ‘पोलिग्राफ टेस्ट’ गर्न मानेनन् ‘सांसद’ आलमले
समाचार

झूटो बोलेको पत्ता लगाउने ‘पोलिग्राफ टेस्ट’ गर्न मानेनन् ‘सांसद’ आलमले

काठमाडौं, ६ कार्तिक । बम विस्फोटमा घाइते भएकालाई जिउँदै जलाएको आरोपमा पक्राउ पवरको सांसद एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमले ‘पोलिग्राफ टेस्ट’ गर्न अस्वीकार गरेका छन्।

१२ वर्षअघिको उक्त घटनाबारे इन्कारी बयान दिएपछि झूटो बोले/नबोलेको पत्ता लगाउन मंगलबार प्रहरीले पोलिग्राफ टेस्ट गर्न खोजेको थियो।पहिलो संविधासभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते राति साविकको राजपुर फरहदवा गाविस ४ हाल राजपुर नगरपालिका ४ मा बम विस्फोट भएको थियो।

उक्त विस्फोटमा घाइते भएकालाई जलाएको आरोपमा आलमलाई जिल्ला प्रहरी कार्यालय रौतहटले गत असोज २४ गते पक्राउ गरेको हो।विस्फोटको घटना नभएको र आफूलाई प्रमाणबिना पक्राउ गरेको दाबी गर्दैै आलमले सरकारी वकिलको कार्यालयमा प्रहरीसमक्ष इन्कारी बयान दिएका छन्। यो खबर रौतहटबाट शिव पुरीले आजको कान्तिपुरमा लेखेका छन्।इन्कारी बयान दिएपछि पोलिग्राफ टेस्ट गर्न खोज्दा आलमले नमानेको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै