शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • ओलीसँग खटपटपछि नजिकिँदै दाहाल–नेपाल, खुमलटारमा श्रेष्ठसँगै बसेर गोप्य बैठक
राजनीति

ओलीसँग खटपटपछि नजिकिँदै दाहाल–नेपाल, खुमलटारमा श्रेष्ठसँगै बसेर गोप्य बैठक

काठमाडौं, ६ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीसँग खटपटपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल नजिकिन थालेका छन् ।उनीहरुले मंगलबार बेलुकी पार्टी राजनीतिका विषयमा केन्द्रित रही दाहाल निवास खुमलटारमा ‘गोप्य’ छलफल गरेका छन् ।

त्यसमा प्रवक्त नारायणकाजी श्रेष्ठसमेत निम्ल्याइएका थिए । नेताबीच लामै छलफल भएको खुमलटार स्रोतले बतायो । ओलीले पार्टी एकताका बेलाको सहमति र त्यसयताका समझदारी कार्यान्वयनमा चासो नदेखाएको र आफूलाई कमजोर बनाउने खेलमा लागेको बुझाइमा दाहाल छन् ।

नेपाल भने संगठनात्मक एकतामा आफू पक्षका नेतालाई जिम्मेवारीविहीन बनाएको, आफ्नो वरीयता खोसिएको कारण देखाउँदै ओलीसँग असन्तुष्ट छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन् ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै