शुक्रबार, कार्तिक ५, २०७८ | Friday 22nd October 2021
  • होमपेज
  • अपहरणकारीको बन्धनबाट छुटाएर यि ३ सिंहले बालिकालाई यसरि सुरक्षा दिए
समाचार

अपहरणकारीको बन्धनबाट छुटाएर यि ३ सिंहले बालिकालाई यसरि सुरक्षा दिए

एजेन्सी । अप्ठ्यारोमा परेकी एक बालिकालाई ३ जना सिंहले पहरेदारी गरेर सुरक्षा दिएका छन् । घटना हो इथियोपियाको । जहाँकी एक १२ वर्षिय बालिकालाई केही अपराधीहरुले अप्ठ्यारोमा पारेपछि सिंहहरुले उनलाई अपराधीहरुबाट बचाउन सफल भएका थिए । केही दिनदेखि हराइरहेकी बालिकाको खोजी गर्दै जंगलमा पुगेका प्रहरीहरुले तीन सिंहको पहरेदारमा रहेको अवस्थामा बालिकालाई प्रहरीले घना जंगलमा फेला पारेको थियो ।

यो घटना इथियोपियाको अबाबा शहर नजिकैको जंगलको हो । उनलाई ७ जना अपराधीहरु अपहरण गरेर जंगल तर्फ लैजादै गर्दा प्रहरीले उद्धार गरेका थिए । स्रोतका अनुसार सुरुमा अपराधीहरुले ति बालिकालाई निर्घात कुटपिट समेत गरेका थिए ।

प्रहरीको अनुसन्धानबाट अपराधीमध्येका एकले बालिकासँग विबाह समेत गर्न चाहान्थे । अपराधीहरुको पिटाइको कारण चिच्याएकी बालिकाको आवाज सुनेर त्यहाँ पुगेका सिंहहरु देखेपछि अपहरणकारीहरु भागेको जनाइएको छ । प्रहरी बालिकालाई खोज्दै जब त्यहाँ पुगेका थिए तब मात्र सिंहहरु आफ्नो बाटो लागेको बताइएको छ ।

चर्चामा

सम्बन्धित समाचार